जब एकसाथ ९०० भन्दा धेरैले आत्महत्या गरे…

काठमाडौं । हामीले विश्वका बिभिन्न रहस्यमयी घटनाको बारेमा सुन्दै आएका छौँ । यस्तै एउटा घटना गुयानाको जोन्सटाउनमा पनि भएको थियो । त्यहाँ एकपटक एकसाथ ९०० भन्दा धेरैले आत्महत्या थिए ।

उनीहरुले अन्धविश्वसका कारण आत्महत्या गरेको बताइने गरेको छ । एकसाथ ९०० भन्दा धेरै मानिसहरुले विष खाएर आत्महत्या गरेका थिए । खान नमान्नेहरुलाई जबर्जस्ती विष खुवाइएको थियो । १८ नोभेम्बर सन् १९७८ मा अर्थात् आजभन्दा २२ वर्ष अगाडि यो घटना भएको थियो ।

उक्त घटनामा जिम जोन्स नामक धर्मगुरुको हात रहेको बताइने गरिएको छ । उनी आफूलाई भगवानको अवतार बताउने गर्दथे । उनले सन् १९५६मा सबैको मन्दिर नाम दिएर एक मन्दिर बनाएका थिए । उनले धार्मिक कुरा तथा अन्धविश्वसले धेरै अनुयायी बनाउन सफल भएका थिए ।

जिम जोन्स आफ्ना महिला अनुयायी होस् वा पुरुष उनीहरुलाई दिनभर नै काम लगाउँथे । र रात्रीमा थकाईले सुत्न लागेका मानिसहरुलाइृ सुत्न दिँदैन थिए । र त्यहि बेला आफ्नो भाषण दिने गर्दथे ।

उनी आफ्ना अनुयायीसँग शहरबाट टाढा रहेको जंगलमा स्ने गर्दथे । अनुयायीहरु पनि उनले भनेका सबै कुराहर मान्ने गर्दथे । अमेरिकी सरकारले उक्त गतिविधिहरुको बारेमा थाहा पाएपछि उनले आफ्ना अनुयायीलाई बोलाएर अमेरिकाले त्यहाँ बसेको थाहा पाएको र गोलीबारुदसँग बच्नको लागि पवित्र जल पिउनुपर्ने बताए ।

उनले भने, पवित्र जल पिउँदा गोलीबाट बच्न सकिन्छ । उनले उक्त जलम विष हालेका थिए । जसका कारण ९०० जनाले ज्यान गुमाएका थिए । मर्नेहरुमा ३०० जना बच्च थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो सबै कुरा थाहा पाएपछि अमेरिकाले जिम जोन्सलाई पनि गोली हानेर मारेको थियो । यो घटनाले आज पनि अमेरिकी नागरिकहरु डराउने गर्दछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?