यी युवतीले कमाउँछिन् घण्टाकै १२ लाख !

काठमाडौं । एक युवतीले एक घण्टामै १२ लाख रुपैयाँ कमाउँदछिन् भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ तर, बास्तविकता भने यस्तै रहेको छ ।

अस्ट्रेलियामा बस्ने चेल्सी नामकी युवतीले निरन्तरको कडा परिश्रमका कारण स्मार्ट वर्क गर्दा सफल भइने कुरा साबित गरिदिएकी छन् । उनी कुनै जागिर खाँदिनन् तर एक घन्टामै १२ लाख रुपैयाँ कमाउँदछिन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, चेल्सी पहिला त कार्यालयमा काम गर्दथिन् तर त्यो काम बाट दिक्क बनेपछि उनले अनलाइन भिडियो गेमबाट पैसा कमाउने दिमाग लगाइन् ।

सोही अनुरुप उनले भिडियो गेम खेल्न थालेर राम्रो कमाउन थालिन् । उनी एक घन्टा भिडियो गेम खेलेको १२ लाख रुपैयाँ लिन्छिन् । चेल्सीले गेम खेल्दा मानिसहरू लाइभ हेर्दछन् ।

लाइभ स्ट्रीमिङका बेलामा सब्स्क्रिप्सन, विज्ञापन र स्पोन्सरशिपका कारण उनको कमाइ एक घन्टाको १२ लाख रुपैयाँ पुगेको हो । उनको इन्स्टाग्राममामात्र ४६.६ लाख फलोअर्स छन् ।

उनलाई पार्टी गर्ने ठूलो शौख छ र आफ्ना तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् । आफ्नो उमेरको हिसाबले उनी रमाइलो काम गरिरहेकी छन् । उनले फार्मेसीमा डिग्री लिएकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?