राष्ट्रिय फुटबल टिमका खेलाडीसहित २५ जनाको कोरोना रिपोर्ट आयो

काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीसहित २५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

लगनखेलस्थित पाटन अस्पतालमा सोमबार परिक्षण गरिएको २५ जनामध्ये २५ जनाको रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

यो पनि पढ्नुहोस् : फिफा विश्वकप छनोट पुन: स्थगित

फिफा विश्वकप २०२२ छनोट अन्तर्गत नेपालले तीन होम खेल खेल्दैछ । तर, अक्टोबर र नोभेम्बरमा तय भएको उक्त खेल २०२१ सम्मको लागि स्थगित भएको छ ।

 

यो पनि पढ्नुहोस् : राष्ट्रिय फुटबल टिमका ११ खेलाडीको पिसिआर परिक्षण (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?