फिफा विश्वकप छनोट पुन: स्थगित

काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गतका बाँकी खेलहरु पुन: स्थगित भएको छ ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बुधबार विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन् २०२१ सम्मका लागि स्थगित गरिएको जनाएको हो ।

कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै फिफासँगको छलफलपछि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरु स्थगित गरिएको एएफसीले जनाएको छ ।
कोरोना भयावहको परिस्थिति हेरेर नयाँ मिति तय गरिने एएफसीले जनाएको छ ।

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?