१४ वर्ष पहिला हराएको पर्स पैसासहित फेला परेपछि…

काठमाडौं । यात्रको बेला अधिकांश मानिसहरुको केहि न केहि सामान हराएकै हुन्छ । यस्तै एक घटना पनि भारतको मुम्बईका एक व्यक्तिलाई भएको छ ।

उनले आज भन्दा १४ वर्ष पहिला एक लोकल ट्रेनमा पर्स हराए । तर त्यसको १४ वर्ष पछि पर्स जस्ताको त्यस्तै फेला परेपछि सबै अचम्मित बनेका छन् । उनले सन् २००६ मा मुम्बईको एक लोकल ट्रेनमा पर्स हराएका थिए ।

त्यो बेला उनको पर्समा ९०० रुपैयाँ थियो । उनले त्यो बेला वालेट खोज्ने प्रयाश धेरै गरे तर भेटेनन् ।

हेमन्त पेडलकर नाम गरेका ति व्यक्ति आफ्नो १४ वर्ष पहिला हराएको पर्स भेटेपछि अहिले दंग छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?