महिलाको पेटबाट निस्कियो २४ किलोको ‘ट्यूमर’, डाक्टर नै चकित !

काठमाडौं । भारतको मेघालय जिल्लाको एक अस्पतालमा एउटा यस्तो घटना सार्वजनिक भएको छ । जसलाई सुनेपछि तपाई पनि अचम्मित हुनुहुनेछ । उक्त घटनाले अस्पतालका सबै डाक्टर चकित भएका छन् ।

एक अस्पतालमा एक ३७ वर्षीया महिलाको अप्रेशन गर्ने क्रममा २४ किलोको ट्यूमर फेला परेको छ ।

डाक्टरहरुको टिमले करिव ३ घण्टा लामो समयको अप्रेशन पछि ट्यूमर निकालेका थिए । उक्त महिला अचानक पेट दुखेपछि अस्पतालमा भर्ना भएकी थिइन् ।

परीक्षणका क्रममा ट्यूमर रहेको पत्ता लागेपछि अप्रेशन गरिएको थियो । अस्पतलकी डा. संगमाले यस्तो घटना प्रदेशमै पहिलो भएको बताएकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?