जब ड्रग्सको सप्लाई गरिरहेको बिरालोले पुलिसलाई समेत झुक्याएर भाग्यो !

काठमाडौं । तपाईले धेरैजसो समाचारमा कुख्यात ड्रग्स सप्लाई गर्ने अपराधीलाई मात्र देख्नुभएको होला । तर बिरालोले पनि ड्रग्स सप्लाई गर्यो भन्दा तपाईलाई अचम्म लाग्ला । तर यो सत्य हो ।

श्रीलंकाको एक बिरालो ड्रग्स सप्लाई गदागर्दै समातिएको छ । तर उसले पुलिसलाई नै झुक्याएर भागेको छ ।

वेलिकाडा जिल्लामा सुरक्षा अधिकारीले बिरालोलाई समातेका थिए । तर उ पुलिसलाई नै झुक्याएर भाग्न सफल भएको छ ।

एक सानो प्लास्टिकमा उसले ड्रग्स सप्लाई गरेको पाइएको हो । अहिले पुलिस बिरालोको खोजीमा जुटेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?