पहिलो श्रीमानसँग एक करोड लुटिन्, दोश्रोसँग ४५ लाख र तेश्रोसँग भागिन् अमेरिका

काठमाडौं । भारतको झारखण्डमा एक अनौठो घटना सार्वजनिक भएको छ । जहाँकी एक महिला प्रियंका कुमारीले शादी डटकममको माध्यमबाट एक मात्रै होइन, तीन युवकलाई ठगेकी छन् ।

उनले पहिलो युवकसँग विवाह गरेर एक करोड ठगेकी छन् भने दोश्रोसँग विवाह गरेर ४५ लाख भारतीय र तेश्रो युवकसँग अमेरिका भागेकी छन् ।

उनी शादी डटकमको एपबाट निलय कुमार नामक एक युवकसँग सम्पर्कमा आईन्, उनले विवाह पनि गरिन्, त्यसपछि एक करोड ठगेर फरार भईन् । त्यसपछि फेरी उनले उक्त एपबाटै गुजरातका हमित मोदीसँग विवाह गरिन् ।

उनले उनीसँग पनि ४५ लाख ठगेर भागिन् । त्यसपछि उनले पुणेका सुमित दशरथ नामक युवकसँग विवाह गरेर अमेरिका पलायन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

साथै एक दिन सुमितकी आमाले अमितको फोना देखेपछि बुझ्दा बास्तविकता पत्ता लागेको हो । त्यसपछि उनलाई कानूनी कारवाही अगाडि बढाइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?