काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा आज (शुक्रबार) दुई ठुला क्लब रियल मड्रिड र म्यानचेस्टर सिटी भिड्दै छन् ।
रियल र सिटी बीचको खेल इतिहाद स्टेडियममा नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।
यो पनि पढ्नुहोस् : बेलले च्याम्पियन्स लिग अन्तर्गत सिटीविरुद्धको खेल गुमाउने
पहिलो लेगमा सिटीले रियललाई उसैको मैदानमा २-१ ले पराजित गरेको थियो । जसको कारण सिटी घरेलु मैदानमा थप आत्मविश्वासको साथ मैदान उत्रनेछ । पहिलो लेगको जितको कारण सिटीलाई क्वाटरफाइनलमा पुग्न बराबरीले पुग्नेछ ।
जिनेदान जिदानले सिटीविरुद्धको खेलका लागि ८ फरवार्डलाई टिममा राखेको छ । १३ पटकको च्याम्पियन रियल आफ्नो विराशत कायम राख्नको लागि भएपनि जितका लागि खेल्नेछ ।
पहिलो लेगमा पराजित भईसकेको अवस्थामा रियललाई यस खेलमा दुई भन्दा बढी गोल अन्तरको जित अनवस्यक रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया