बेलले च्याम्पियन्स लिग अन्तर्गत सिटीविरुद्धको खेल गुमाउने

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका स्टार तथा फरवार्ड ग्यारेथ बेलले च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको खेल गुमाउने भएका छन् । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा रियलले शनिबार राति सिटीसँग उसैको मैदानमा खेल्नेछ ।

तर, बेललाई सिटीसँगको खेल्ने टिममा राखिएको छैन । रियलले बिहीबार सार्वजनिक गरेको २४ सदस्सीय टिममा बेलको नाम रहेको छ ।

यस्तै बेलसँगैजेम्स रोड्रिगेज समेत टिममा अटाएका छैनन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?