बालुवाटार बैठक : लगानी बोर्डको सीईओ नियुक्तिको विषयमा प्रचण्ड र झलनाथको आपत्ति

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र उपनेता सुवास नेम्बाङबीच छलफल भएको थियो ।

बैठकमा लगानी बोर्डको कार्यकारी अधिकृत (सीईओ) नियुक्तीमा पार्टीसँग कुनै छलफल नगरी विवादास्पद व्यक्तिलाई ल्याएको भन्दै प्रचण्ड र खनालले आपत्ती जनाएको स्रोतले बताएको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को सुशील भट्टलाई  लगानी बोर्डको कार्यकारी अधिकृत (सीईओ) को रुपमा नियुक्त गरेको थियो । पार्टीभित्र कुनै छलफल नै नगरी लगानी बोर्डमा विवादस्पद व्यक्ति नियुक्तीको विषयमा भने ओलीले कुनै पनि स्पष्ट जवाफ नदिएको स्रोतको दावी छ ।

सम्बन्धित समाचार

ओली प्रचण्डको बैठक शुरु, मिल्ला त कुरो ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?