काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहित अन्य नेताहरु छलफलका जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटघाटमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र नेता सुवासचन्द्र नेम्बाङको उपस्थिती रहेको छ ।
एक साताअघि पार्टी उपाध्यक्ष बामदेव गौतमले दुई अध्यक्षका लागि भन्दै ६ बुँदे प्रस्ताव ल्याएपछि हच्किएका छन् । पूर्व एमालेका नेता च्यापेर हिँडेको भन्दै पूर्व माओवादीकै नेताहरु उनीसँग रुष्ट बनेपछि प्रचण्ड केही रक्षात्मक बनेर प्रस्तुत भएका छन् ।
गत असार १० गतेबाट शुरु भएको पार्टीको स्थायी कमिटि बैठकको शुरुमै प्रचण्डले दुवै पदबाट ओलीको राजीनामा मागेपछि मच्चिएको रडाँकोको कारण पार्टी दिशाहिन बनेको छ भने नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
आरोप प्रत्यारोपको श्रृङखला चलेको कारण बितेको एक हप्ता ओली प्रचण्डको दूरी बढेको थियो । यसैबीच आइतवार र सोमवार पनि खनाल र नेम्बाङ साक्षी राखि भएको वार्ताले कुनै पनि निष्कर्ष निकाल्न सकेको छैन । सहमतीको प्रयास स्वरुप आज बैठक बस्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया