कोरोना भाइरसलाई लिएर ‘डब्ल्यूएचओ’को नयाँ खुलासा, दियो फेरी चेतावनी !

काठमाडौं । कोरोना भाइरसको कहर लगातार जारी रहेको छ । नेपाल सहित विश्वका २१३ वटा देशहरुमा कोरोना भाइरसको महामारी व्याप्त छ ।

कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन सारा विश्व अहिले लागि परेको छ । वैज्ञानिकहरु यसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर अहिलेसम्म पूर्ण सफलता भने हात लाग्न सकेको छैन ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा.टेड्रोस अधनोम घेब्रेयेससले एक चेतावनी दिँदै एउटा भ्याक्सीनले मात्रै कोरोना भाइरसको महामारी नसकिने बताएका छन् ।

डब्ल्यूएचओले सोमवार कोरोना भाइरसबाट बच्नको लागि भ्याक्सीन बनाउने रेस तीव्र भएको बताएको छ ।

साथै कोरोनाबाट बच्नको लागि सायदै कुनै अचुक औषधि नबन्ने डब्ल्यूएचओले बताएका छ । त्यस्तै डब्ल्यूएचओले अपहिले यो अवस्था सामान्य अवस्था फर्किन धेरै समय लाग्ने बताएका छन् ।

के-के भनेका छन् डब्ल्यूएचओ प्रमुखले

टेड्रोसले भनेका थिए कि, कोरोना कहिल्यै नष्ट नहुन पनि सक्छ, त्यसैले हामीले यसको साथमा जीवन काट्न सिक्नुपर्छ ।

कोरोना अन्य भाइरस भन्दा बिल्कुलै फरक छ, किनभने यसले आफूलाई परिवर्तन गरिरहेको छ ।

मौसम परिवर्तनले कोरोनालाई केहि असर हुँदैन, किनभने कोरोना मौसमी होइन ।

उनले कोरोनाबाट बच्नको लागि हात धुने, सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने जस्ता नियम पालना गर्न पनि अनुरोध गरेका थिए ।

एजेन्सीको सहयोगमा

लद्दाखमा चीनले तैनाथ गर्यो १७ हजार सैनिक, भारतद्वारा ‘टी-९०’ ट्यांक तैनाथ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?