अचानक बेपत्ता भएका बालक भन्छन्, दुई दिन भालुसँग बसेँ !

काठमाडौं । अमेरिकाको नर्थ क्यारोलिनामा एक तीन वर्षका बच्चा अचानक गायब भएका थिए । उनी हराएपछि परिवारले खोजतलास गर्दा उनी भेटिए । तर उनी भालुसँग दुई दिनसम्म बसेको उनले शोधपुछका क्रममा बताए ।

उनलाई खोज्न ड्रोन तथा हेलिकोप्टरहरु तैनाथ गरेपछि उनी फेला परेका थिए । बेपत्ता भएपछि उनी घुम्दै भालुसँग पुगेको हुनसक्ने अधिकारीहरुले अनुमान लगाएका छन् ।

उनी घर भन्दा पछाडि खेलिरहेको अवस्थामा बेपत्ता भएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?