रोनाल्डोले किने संसारकै सबैभन्दा महंगो कार, मूल्य सुन्दा पर्नु हुनेछ चकित !

काठमाडौं । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले विश्वकै महंगो कार बुगाटी ला वाओएभर किनेका छन् ।

रोनाल्डोले खेल्दै आएको युभेन्टसले ३६औँ सीरी ए कपको उपाधि जितेको थियो । त्यसपछि उनले यो कार किनेका थिए ।

उनले यो कार किन्नको लागि ९ मिलियन अमेरिकी डलर खर्च गरेका छन् । ३५ वर्षीय फुटबलर रोनाल्डोले आफ्नो इन्स्टाग्राममा यो फोटो शेयर गरेका हुन् ।

उनको ग्यारेजमा भएका कारहरुको मूल्य जोड्ने हो भने ३० मिलियन यूरो पुग्छ । बुगाटी ला वाओएभर कार ३८० किमी प्रतिघण्टाको रफ्तारमा दौडन सक्छ । तर यो कारको लागि उनले सन् २०२१ कुर्नु पर्ने हुन्छ ।

उनलाई अर्को वर्ष मात्र डेलिभरी हुनेछ ।

एजेन्सीको सहयोगमा

युभेन्टसले चुम्यो नवौं पटक ‘सिरि ए’ उपाधि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?