युभेन्टसले चुम्यो नवौं पटक ‘सिरि ए’ उपाधि

काठमाडौं । युभेन्टसले सिरि ए फुटबलको उपाधि चुमेको छ ।

आईतबार राति भएको खेलमा साम्पोडियालाई २–० गोल अन्तरले पराजित गर्दै युभेन्टसले लगातार नवौं पटक लिग उपाधि चुमेको हो ।

घरेलु मैदानमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले एक एक गोल गरे ।

पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अघि बढाएका थिए । ६७ औं मिनेटमा बर्नार्डेस्कीले घरेलु क्लबका लागि दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

खेल सकिन एक मिनेट अघि युभेन्टसले पेनाल्टीको अवसर पाएको थियो । तर रोनाल्डो पेनाल्टीमा गोल गर्न असफल रहे ।


च्याम्पियन युभेन्टसको ८३ अंक छ । दोस्रो स्थानको ईन्टरको ७६ अंक छ । साम्पोडिया ४१ अंक सहित १५ औं स्थानमा छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?