ललितपुरका तीन जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । ललितपुरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पाटन अस्पताल ललितपुर प्रयोगशालामा ललितपुरका दुई जना, र स्टार अस्पताल सानेपा ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा एक जनामा गरि आज ललितपुरमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकत्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा आज (सोमवार) थप ४१८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ९६१ पुगेको छ ।

नेपालमा हिजो (आईतवार) २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बढेको बढ्यै संक्रमित काठमाडौंमा मात्रै थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

भक्तपुरका पाँच जनामा कोरोना संक्रमण पुष्टि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?