गोल्डेन बुट उचालेका यी हस्तीहरुले यसरी पाए सफलता

काठमाडौं । सिरि ए क्लब लाजियोका फरवार्ड सिरो ईम्मोबिलले युरोपियन गोल्डेन बुट हात पारेका छन् । सर्वाधिक गोलकर्ता ईम्मोबिलले सिरि ए को गोल्डेन बुटसँगै युरोपेली क्लब फुटबलको गोल्डेन बुट समेत हात पारेका हुन् ।

शनिवार राति नापोली विरुद्धको खेलमा लाजियो ३–१ ले पराजित बन्यो । तर पाहुना टोली लाजियोका लागि इम्मोबिलले एक गोल गरेका थिए । उनले सिरि एमा गोन्जालो हिग्युनले राखेको ३६ गोलको कीर्तिमान समेत बराबरी गरेका छन् ।

युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो अन्तिम खेलमा नखेल्ने भएपछि इम्मोबिलले गोल्डेन बुट जित्ने लगभग पक्का बनेको थियो । रोनाल्डोले यस सिजन ३१ गोल गरेका थिए भने ईन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुले २३ गाल गरेका थिए ।

युरोपियन गोल्डेन बुट युरोपका शीर्ष डिभिजनको लिगमा गरेको गोलको आधारमा प्रदान गर्ने गरिन्छ । इम्मोबिलले बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई दुई गोलले पछि पार्दै सो अवार्ड प्राप्त गरे । रोनाल्डो तेस्रो स्थानमा रहे ।

इम्मोबिलले भने सिरि एमा तेस्रो पटक गोल्डेन बुट प्राप्त गरे । उनले सन् २०१३–१४ को सिजनमा २२ गोल गरेका थिए भने सन्२०१७–१८ को सिजनमा २९ गोल गरेका थिए । बार्सिलोनाका लियोनल मेस्सीले पछिल्ला तीन पटक युरोपियन गोल्डेन बुटको अवार्ड प्राप्त गरेका थिए । उनले यस सिजन २५ गोलमात्र गरे । तर उनी ला लिगाका सर्वाधिक गोलकर्ता रहे ।

सिरो इम्मोबाइलले आफ्नो सपना पूरा भएको बताएका छन् । सिजन २०१९–२० को युरोपियन गोल्डेन बुट उपाधि जित्दै इम्मोबाइलले आफ्नो सपना पूरा भएको बताएका छन् ।

सिरो इम्मोबाइलले गोल्डेन बुट हात पारेपछि भने :

“मैले प्राप्त गरेको उपाधिबाट अत्यन्तै खुसी छु । विशेषगरी जब मैले सुरु गर्दा जे–जति गरें त्यो स्थानलाई फर्केर हेर्दा गर्व गरिरहेको छु,” इम्मोबाइलले भने, “त्यसका लागि म प्रशिक्षक, क्लब स्टाफ र मेरा टिमका साथीहरूलाई धन्यवाद दिन चाहन्छु । तपाईंलाई आश्वस्त पार्न सक्छु कि यो रेकर्ड सम्पूर्ण टिमका लागि हो ।”

यो पनि पढ्नुहोस् : फ्यानहरुको ‘भीडन्त’ बीच छायाँमा परेको रोनाल्डो र मेस्सीको सम्बन्ध

युरोपियन गोल्डेन बुट सबै भन्दा धेरै पटक हात पार्ने खेलाडीहरु

European Golden Boot Award Winners II 1968 - 2018 II - YouTube

१) लियोनल मेस्सी

Messi receives his sixth Golden Shoe

लियोनल मेस्सीले आफ्नो फुटबल करियरमा छैठौं पटक युरोपेली गोल्डेन बुट हात पारेका छन् । उनले पडिलो पटक सन् २००९-१० मा गोल्डेन बुट हात पारेका थिए । त्यस्तै उनले २०११-१२,२०१२-१३, २०१६-१७, १०१७-१८ २०१८-१९ मा उनले गोल्डेन बुट हात पारेका हुन् ।

लियोनल मेस्सी, फुटबल इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । किनभने धेरै मानिसहरु मेस्सीलाई जेनेरेशनको सर्वोकृष्ट खेलाडीको रुपमा लिने गर्छन् । विश्वभरी उनका करोडौ प्रशंसक र समर्थक छन् । फुटबल स्टार लियोनल मेस्सीको जन्म सन् १९८७ को जुन २४ मा अर्जेन्टिनाको रारियो क्षेत्रमा भएको थियो । २००४ मा बार्सिलोनामा आएपछि उनले ९ वटा लिग उपाधि ५ वटा कोपा डेल रे, ७ वटा सुपर कोपा डे इस्पानिया, ४ वटा च्याम्पियन्स लिग, तीनवटा युइएफए सुपर कप र तीनवटा फिफा क्बल वल्र्ड कप उपाधि जितेका छन् । उनको नाममा ३९ वटा रेकर्ड दर्ता छन् ।

२) क्रिस्टियानो रोनाल्डो
Cristiano Ronaldo said the Golden Shoe is better than the Ballon d ...

क्रिस्टियानो रोनाल्डोले अहिलेसम्म ४ पटक युरोपेली गोल्डेन बुट हात पारेका छन् ।  उनले सन् २००७-०८ मा पहिलोपटक गोल्डेन बुट हात पारेका थिए । त्यस्तै, सन् २०१०-११, २०१३-१४, २०१४-१५ मा पनि उनले गोल्डेन बुट हात पारेका छन् ।

रोनाल्डोको जन्म पोर्चुगलको फञ्चल, म्याडेइराको एक बस्ती सान्तो आन्तोनियोमा ५ फेब्रुअरी १९८५ मा भएको हो । ७०० भन्दा बढी पटक गोल गरीसकेका रोनाल्डोको पुरा नाम क्रिस्टियानो रोनाल्डो डोस सान्टोस अभेरो हो । उनले आफ्ना जीवनमा धेरै मिठो र लोभलाग्दो सफलता हासिल गरेका छन् ।

रोनाल्डोले यसअघि २००८, २०१३, २०१४ तथा २०१६ र २०१७ मा बालोन डि ओर अवार्ड जितेका छन् । क्रिस्टियानो रोनाल्डोले खेलको १ देखी ९० मिनेटको समयमा सबै मिनेटमा गोल गरेका छन् । रोनाल्डोले २०१४ फेब्रुअरी ११ मा एथ्लेटिको म्याड्रिड विरुद्धको खेलमा सातौँ मिनेटमा गोल गरे पछि सो रेकर्ड बनेको बनाएका हुन् । उक्त रेकर्ड बनाउने उनी संसारकै पहिलो खेलाडी हुन् ।

 ३) लुइस सुवारेज

Luis Suárez receives 2015/16 Golden Shoe Award

लुइस सुवारेजले हालसम्म २ पटक युरोपेली गोल्डेन बुट हात पारेका छन् । उनले पहिलो पटक सन् २०१३-१४ मा हात पारेका थिए । त्यस्तै उनले सन् २०१५-१६ मा पनि गोल्डेन बुट हात पारेका थिए ।
उनी हाल स्पेनी क्लब बार्सिलोनाबाट खेल खेल्ने गरेका छन् । लुइस सुवारेज सन् २०१४ मा इंग्लिस क्लब लिभरपुलबाट ८२.३ मिलियन युरोमा स्पेनी क्लब बार्सिलोना आएका हुन् ।

४) डिएगो फोर्लेन

Diego Forlan - Diego Forlan Photos - Colombia v Uruguay: Round of ...

डिएगो फोर्लेनले हालसम्म २ पटक युरोपेली गोल्डेन बुट हात पारेका छन् ।  उनले पहिलोपटक सन् २००४-०५ र दोस्रो पटक सन २००८-०९ मा हात पारेका थिए । उनी उरुग्वेका स्टार खेलाडीहरुमध्ये एक हुन् । उनले आफ्नो पुटबल करियरमा एथलेटिको म्याड्रिड इन्टर मिलान म्यानचेस्टर सिटी जस्ता क्लबमा रहेर खेल खेलेका थिए ।

 

यो पनि पढ्नुहोस् : सामान्य परिवारका रोनाल्डो कसरी बने शताव्दीकै उत्कृष्ट खेलाडी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?