गाउँपालिकाको कर्मचारीमा देखियो कोरोना, सम्पर्कमा आएका २६ जनाको स्वाब संकलन

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि ३ दिनको लागि गाउँपालिकाको कार्यालय  बन्द गरिएको छ । स्रोतका अनुसार कोरोना संक्रमण पुष्टि भएका उनी गत साउन २ गते काठमाडौं आई साउन ८ गते तनहुँ फर्किएका थिए ।

उनको सम्पर्कमा आएका कर्मचारी तथा अन्य २६ जनाको स्वाब संकलन गरि परीक्षणको लागि पठाइएको गाउँपालिकाले जनाएको छ ।

कार्यालयबाट बिदा लिएर काठमाडौं आएका उनले विभिन्न ठाँउहरुको भ्रमण गरेका थिए । साथै पारिवारीक सदस्य, साथीभाइ तथा आफन्तहरु समेतलाई भेटेका थिए । उनको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै आज नै तनहुँमा थप २ जनासहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सइ ५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो पनि

गण्डकी प्रदेशका ५ जिल्लामा थपिए २० कोरोना संक्रमित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?