गण्डकी प्रदेशका ५ जिल्लामा थपिए २० कोरोना संक्रमित

काठमाडौं । गण्डकी प्रदेशका ५ जिल्लामा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५ पुगेको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा तनहुँ (२ जना), स्याङ्जा (८ जना), लमजुङ (३ जना ), बागलुङ (१ जना) र कास्कीका ६ जना रहेका छन् ।

कास्कीमा भेटिएका संक्रमितहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो । भने अन्य ४ जिल्लाका संक्रमितहरुको क्षयारोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?