कश्मीरमा यसरी भईरहेको छ पढाई !

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण अधिकां देशहरुमा अहिले पनि लकडाउन रहेको छ ।

यसबीचमा अत्यावश्यक काम बाहेक अन्य सबै कामहरु बन्द भएका छन् । भारतमा पनि कोरोनाको कारण अहिलेसम्म स्कूल तथा कलेजहरु सञ्चालन हुन सकेका छैनन् ।

भारत कोरोना संक्रमितको हिसाबले सबैभन्दा प्रभावित बनेको देशहको सूचीमा विश्वको तेश्रो स्थानमा पर्छ ।

यसैबीच इन्टरनेटको पहुँच नहुँदा लाखौँ भारतको कश्मिरमा अनलाइन कक्षा सञ्चालन हुन सकेका छैनन् ।

विद्यार्थीहरु पठनपाठनबाट वञ्चित भएका छन्। कश्मीरमा भने अनलाइनको पहुँच नभएकोले विद्यार्थीहरुका लागि अहिले ‘ओपन एयर स्कूल’ सञ्चालन गरिएको छ।

लकडाउनका कारण महिनौँसम्म घरमा थुनिएका विद्यार्थीहरु अहिले दैनिकरुपमा खुल्ला चौरमा गएर पढ्न थालेका हुन् ।

एजेन्सीको सहयोगमा

लिपुलेकमा चीनले एक हजार सैनिक तैनाथ गरेको भारतीय मिडियाको दाबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?