कोरोनाबाट मुक्ति पाईयोस् भन्दै १३० केजीको भेडाको बली

काठमाडौं । आज मुस्लिम धर्मावलम्बीहरुको महान पर्व बकर ईद आज मनाईँदैछ । अहिले कोरोनाका कारण विभिन्न चाडपर्वहरु मनाउन निषेध गरिएको छ । तर पनि घरबाटै विभिन्न कार्यक्रम गरेर पर्वहरु मनाइरहिएको छ ।

यसैबीच भारतको हैदराबादमा एक परिवारले कोरोना भाइरसको महामारी सकियोस् भन्दै बकर ईदको यो अवसरमा १३० किलोग्रामको भेडाको बली दिएका छन् ।

अल्लाहले सारा विश्वलाई कोरोनाबाट मुक्त गरिदिने आशमा यो दिन लागेको मालिकले बताएका छन् ।

हैदरावादका मोहम्मद सरवारले यो फैसला लिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?