नवनियुक्त सदस्य सचिव रमेश कुमार सिलवालद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्य सचिव रमेश कुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा बुधबार सदस्य सचिव सिलवाल र उपाध्यक्ष कोइरालाले शपथ लिएका हुन् । युवा तथा खेलकुद मन्त्री तथा परिषदका अध्यक्ष जगत बहादुर विश्वकर्माले उनीहरुलाई शपथ खुवाएका छन् ।

सरकारले सोमबार राखेप उपाध्यक्षमा कोइराला र सिलवाललाई दोस्रो पटक सदस्य सचिवमा नियुक्त गरेको थियो । मन्त्रालयले गठन गरेको सिफारिस समितिले सिलवाल सहित तीन जनाको नाम सदस्य सचिवमा सिफारिस गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री विश्वकर्माले प्रस्ताव गरेको नाममा मन्त्रीपरिषद्ले सिलवाललाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

 यो पनि पढ्नुहोस् : खेलकुद हाँक्ने जिम्मा फेरी सिलवाललाई नै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?