काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा फेरी रमेश कुमार सिलवाल नियुक्त गरेको छ । पदमुक्त भएको झन्डै तीन सातापछि सिलवाल पुनः सदस्यसचिवमा नियुक्त भएका हुन् ।
सिलवाललाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी चार वर्षको लागि राखेप सदस्यसचिवमा नियुक्त गरेको हो ।
आवेदन दिएका २७ जनामध्ये सिफारिस समितिले दिएको तीन जनाबाट निवर्तमान सदस्यसचिव सिलवाललाई पुनः राखेपको जिम्मेवारी दिइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया