चीनले लखेट्यो अमेरिकी विमान, अमेरिकाले गर्यो शक्ति प्रदर्शन !

काठमाडौं । दक्षिण चीन सागरमा अमेरिका र चीनको बीचमा लगातार तनाव बढीरहेको छ । ताईवानको सीमा नजिकै उडिरहेको एक अमेरिकी विमानलाई चीनले लखेटेपछि त्यहाँ स्थिती झनै तनावपूर्ण भएको हो ।

त्यसपछि रुष्ट बनेको अमेरिकाले उक्त क्षेत्रमा आफ्नो शक्तिशाली एयरक्राफ्ट स्ट्रयाजिक बोम्बर एयरक्राफ्टको गस्ती बढाएको छ ।

रुसी मिडिया स्पुतनिकका अनुसार बिहीवार दक्षिण चिनियाँ वायुक्षेत्रको नजिक पुगेको थियो । त्यसपछि चिनियाँ नोभेल एयर फोर्सले अमेरिकी विमानलाई भायरलेसको माध्यमबाट चेतावनी दिँदै लखेटेको हो ।

यो कुराकानीको अडियो पनि सार्वजनिक भएको छ । यो दक्षिण चीन सागरमा चाइना सी प्रोभिंग इनिशिएटिभले जारी गरेको छ ।

अमेरिकी विमानलाई चेतावनी दिँदै चीनले भायरलेस म्यासेजमा भनेको छ, यो चाइना नेवल एयरफोर्स अन गार्ड छ, तपाई चिनियाँ एयर डोमेनलाई छुँदै हुनुहुन्छ । तपाईले आफ्नो बाटो बदल्नुहोस्, होइन भने तपाईलाई रोकिनेछ । तर यो पोस्ट स्पष्ट छैन कि,चीनले कसरी अमेरिकालाई चेतावनी दिएको हो ।

त्यसपछि रुष्ट बनेको अमेरिकाले प्रशान्त महासागरमको गुआम नेभल बेसमा तैनाथ बी १ स्ट्रयाटजिक बोम्बरलाई यो क्षेत्रमा तैनाथ गरेको छ । यो विमानले यूएसएस रोनाल्ड रीगन एयरक्राफ्ट क्यारियरको साथ मिलेर चीनको नजिक फिलिपीन सागर र साउथ चाइना सागरमा गस्ती शुरु गरेको छ ।

अमेरिकाले लगातार विमान तैनाथ गरिरहेको छ । त्यहाँ टोही, बोम्बर र इन्टरसेप्टर रहेका छन् । यी विमान अधिकांश ताइवान क्षेत्रमा रहन्छन् ।

चीनले यसपटक भने ताईवान र अमेरिकालाई चेतावनी दिएको छ । ताइवान र अमेरिकाले अहिले दक्षिण चीन सागरमा एकसाथ गस्ती गरिरहेका छन् ।

एजेन्सीको सहयोगमा

अमेरिकाले चीनलाई दियो यस्तो धम्की, भन्यो ‘दक्षिण चीन सागर चीनको निजी साम्राज्य होइन’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?