केहीबेर बसेर फेरि स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केही बेर बसेर फेरि स्थगित भएको छ ।

मंगलवार ११ बजेका लागि तय गरिएको बैठक १ बजेका लागि तोकिएको थियो । अविरल वर्षाका कारण देशभर आएको बाढी पहिरोमा परेकाहरुको उद्धार तथा राहतका लागि जान भन्दै पुनः आगामी साउन १३ गतेसम्मका लागि स्थगित गरिएको एक नेताले लोकपथलाई बताए ।

निर्धारित सयमभन्दा केही ढिला गरी प्रधानमन्त्री निवासमै बैठक शुरु भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने बैठकमा अनुपस्थित थिएनन् ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका प्रभावकारी हुन नसकेको भन्दै बैठकमा आलोचना हुन थालेपछि ओली धेरै बैठकहरुमा उपस्थित रहेका थिएनन् ।

स्थायी समिति सदस्य देव गुरुङले आजको बैठकमा प्रधानमन्त्री सहभागी नभएपनि उनकै सहमतिमा बैठक शुरु भएको दावी गरे ।

यो पनि
नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित, असार १० यता ७ पटक सारीयो

शुरु भयो नेकपा स्थायी कमिटि बैठक, प्रधानमन्त्री ओली अनुपस्थित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?