काठमाडौं – कोरोना भाइरस ‘कोभिड – १९’ विरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले स्वागत गर्दै बधाई दिएको छ ।
भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई डब्ल्यूएचओले बधाइ दिँदै फैलिँदो संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताएको छ ।
गत वर्षको अन्तिम महिना अन्तिम हप्ताबाट सुरु भएको कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमणबाट सिंगो विश्व अतंकीत बनेको छ । हालसम्म यसविरुद्धको भ्याक्सिन औषधी वा खोप पूर्ण रुपमा बाहिर आईसकेको छैन । तर विशवका विभिन्न देशका वैज्ञानिकहरु यसविरुद्धको औषधीमा जुटिरहेका छन् ।
जेनेभामा एक प्रेस क्नफरेन्समा बोल्दै डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा. माइक रेयानले अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाइ दिएका हुन् । उनले भनेका छन्, ‘यो सकारात्मक परिणाम हो । तर अझै लामो यात्रा तय गर्न बाँकी छ ।’ उनले ठूलो संख्यामा परीक्षण गर्नुपर्ने पनि बताएका छन् ।
अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले निर्माण गरेको खोपलाई आशलाग्दो खोपको रुपमा हेरिएको छ ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् :
‘सेप्टेम्बर’सम्म कोरोनाविरुद्धको औषधि बनिसक्ने वैज्ञानिकको दाबी
कोरोना भाइरसको महामारीले सारा विश्वलाई ग्रस्त बनाएको छ । विश्वका २१० देशहरुमा कोरोना भाइरसको प्रकोप फैलिसकेको छ । यसैबीच विश्वका वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको औषधी बनाउन जुटेका छन् ।भर्खरैमात्र वैज्ञानिकहरुले अब छिटै कोरोना भाइरसको औषधि बन्ने बताएका छन् । उनीहरुले सेप्टेम्बरसम्ममा कोरोनाविरुद्धको भ्याक्सिन् बनिसक्ने दाबी गरेका हुन् ।
विश्वका शक्तिशाली तथा अत्याधिक प्रभावित देशहरु अहिले कोरोनाविरुद्धको औषधी बनाउन लागि परेका छन् ।
अत्याधिक प्रभावित देश बेलायतका वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सिन खोज्न लागिपरेका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा भ्याक्सिनोलोजी डिपार्टमेन्टका प्रोफेसर सारा गिल्बर्टले कोरोना भाइरसको औषधि आउँदो सेप्टेम्बरसम्ममा तयार गरिसक्ने दाबी गरेकी हुन् ।
प्रोफेसर गिलबर्टले भ्याक्सिन सेप्टेम्बरसम्ममा बनिसक्ने बताउँदै भनिन्, ‘हामी महामारीको रुप लिएको यस संक्रमणको बारेमा नै काम गरिरहेका थियौँ, जसलाई हामीले एक्स नाम दिएका छौँ र यसलाई अब हामीले योजना बनाएर सेप्टेम्बरसम्ममा कोरोना भाइरसको भ्याक्सिन तयार पार्नेछौँ ।’
गिलबर्टका अनुसार Chadox1 टेक्निकबाट अहिलेसम्म १ पटक परिक्षण भईसकेको छ ।
उनले भनिन्, ‘एक डोजका माध्यमबाट गरिएको परिक्षणका क्रममा इम्युनमा राम्रो परिणम आएको छ, तर RNA र DNA टेक्निकबाट परिक्षणका लागि दुई वा त्यो भन्दा धेरै डोजको आवश्यक पर्दछ ।
सेप्टेम्बरसम्म भ्याक्सिन बन्ने
कोरोना भाइरसविरुद्धको लडाईकाबीच प्रोफेसर गिलबर्टले अर्काे जानकारी पनि दिएकी छन् । उनले बन्दै गरेको भ्याक्सिनको ट्रायल शुरु भईसकेको बताएकी छन् ।
त्यति मात्रै होइन, उनले ट्रायल सफलता पूर्वक सम्पन्न हुने पनि दाबी गरेकी छन् ।
एजेन्सीको सहयोगमा
‘अक्सफोर्ड’ कोरोना भाइरसविरुद्धको ‘भ्याक्सीन’ परीक्षणमा पहिलोचरणमा सफल
विश्वमै सबैभन्दा पहिला कोरोनाविरुद्धको ‘भ्याक्सीन’ बनाउने रुस पहिलो देश, सबै परीक्षण सफल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया