काठमाडौं । एफए कप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज चेल्सी र म्यानचेस्टर युनाइटेड भिड्दै छन् ।
एफए कपको दोस्रो सेमिफाइनलमा दुई ठुला क्लब चेल्सी र म्यानचेस्टर युनाइटेडबीचको खेल नेपाली समय अनुसार राति १०:४५ बजे शुरु हुनेछ । वेम्बली स्टेडियममा दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
चेल्सी र युनाइटेडबीचको विजेताले उपाधिका लागि आर्सनलसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा आर्सनलले म्यानचेस्टर सिटीलाई २-० ले हराएर उपाधि नजिक पुगिसकेको छ ।
- एजेन्सी
- यो पनि पढ्नुहोस् : सिटीलाई पाखा लगाउँदै आर्सनल एफ ए कपको फाईनलमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया