सिटीलाई पाखा लगाउँदै आर्सनल एफ ए कपको फाईनलमा

काठमाडौं । आर्सनल एफ ए कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । म्यान्चेष्टर सिटीलाई २-० गोल अन्तरले हराउँदै आर्सनल एफ ए कप फुटबलको फाईनलमा प्रवेश गरेको हो ।

आर्सनलको जितमा पियरिक ईम्रिक अबुमियाङले दुवै गोल गरेका थिए । घरेलु मैदानमा निकोलास पेपेको क्रसलाई उपयोग गर्दै १९ औं मिनेटमा अबुमियाङले आर्सनललाई अग्रता दिलाएका थिए ।

बल पोजिसनमा सिटीले दबाब बनाएपनि अबुमियाङले ७१ औं मिनेटमा दोस्रो गोल गर्दै आर्सनलको जित सुनिश्चित गरेका थिए । आर्सनलले अब अगष्ट १ मा चेल्सी र म्यान्चेष्टर युनाईटेडबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

 

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?