काठमाडौं । नेकपाभित्र सहमति जुटेको आशयका समाचार आएपछि अध्यक्ष प्रचण्डको सचिवालयले यसको खण्डन गरेको छ ।
प्रचण्डका स्वकीय सचिवालयको तर्फबाट गंगा दाहालले विभिन्न विकल्पका विषयमा छलफल भएपनि सहमति नभएको बताएकी हुन् ।
‘आज अध्यक्ष द्वयबीच भएको छलफलपछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरु (महाधिवेशन लगायतका) मा छलफल भएता पनि कुनैपनि विषयमा सहमति भएको छैन र सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोहि पनि भ्रममा नपरौँ’, उनले सामाजिक सञ्जालमा भनेकी छिन् ।
आजकाे सचिवालय बैठकमा नेकपामा सहमति भएको भन्दै विभिन्न समाचार आइरहेको बेला सचिवालयले यस्तो बताएको हो ।
नेकपा विवाद थामथुम पार्न ओलीले फ्याँके महाधिवेशनको ‘कार्ड’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया