नेपालमा कोरोना : हालसम्मको विवरणसहित हेर्नुहोस् – कुन प्रदेशको कुन जिल्लामा कति छन् ? (मृतक, संक्रमित, निको हुने)

काठमाडौं – बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ का १ सय ६७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय ६७ जना नयाँ संक्रमित थपिँदा नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय १३ जना डिस्चार्ज भएका छन् । यससँगै ११ हजार २ सय ४९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

अहिले देशभरका विभिनन अस्पतालमा ६०५६ जना उपचार गराईरहेका छन् । यो संख्या नेपालमा कोरोनाको ‘एक्टिभ केस’ हो ।

पछिल्लो २४ घण्टामा  पीसीआर विधिबाट विभिन्न २७ वटा प्रयोगशाला मार्फत ४ हजार ९ सय ८१ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म पीसीआर विधिबाट ३ लाख ३ हजार ८ सय २० जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनहरुमा २३ हजार ५ सय जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट ३९ जनाको मृत्यु भएको छ ।

कहाँ गरिएको परिक्षणमा कहाँका कति जनामा संक्रमण देखियो ? 

बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा : झापाका २ जना र सुनसरीका ४ जना

कोशी अस्पताल विराटनगर प्रयोगशाला गरिएको परिक्षणमा : झापाका २ जना, उदयपुरका १ जना र इलामका ६ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा : मोरङका ३ जना र ओखलढुङ्गाका १५ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा : धनुषाका २६ जना

नारायणी अस्पताल विरगञ्जमा गरिएको परिक्षणमा : पर्साका २ जना, बाराका १ जना र रौतहटका ६ जना

भरतपुर अस्पताल प्रयोगशाला भरतपुरमा गरिएको परिक्षणमा : धनुषाका १ जना

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा : काठमाडौंका १ जना

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परिक्षणमा : नवलपरासी पूर्वका १७ जना, रौतहटका ६ जना र मकवानपुरका ३ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा : बाग्लुङका २ जना र स्याङ्जाका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा : रुपन्देहीका १ जना, प्यूठानका १ जना

भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परिक्षणमा : बाँकेका ८ जना, सुर्खेतका २ जना, बर्दियाका १ जना र दाङका १ जना

पिसिआर प्रयोगशाला दैलेखमा गरिएको परिक्षणमा : दैलेखका ६ जना

चौरजहारी नगरपालिका प्रयोशालामा गरिएको परिक्षणमा : रुकुम पश्चिमका १ जना

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : सुर्खेतका १ जना, सल्यानका २ जना र जाजरकोटका २ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परिक्षणमा : मुगुका १ जना

डडेल्धुरा प्रयोगशाला अस्पतालमा गरिएको परिक्षणमा : डडेल्धुराका ८ जना

सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढीमा गरिएको परिक्षणमा : अछामका ४ जना, कैलालीका १४ जना, कञ्चनपुरका १४ जना र बझाङका १ जना गरी बितेको २४ घण्टामा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाबाट ३९ जनाको मृत्यु, कुन प्रदेशमा कति ? 

नेपालमा हालसम्म कोरोनाको कारण ३९ जनाको ज्यान गएको छ । प्रदेश नं १ मा हालसम्म कोरोनाको कारण कसैको पनि ज्यान गएको छैन् । त्यस्तै कुल मृतक मध्ये सबैभन्दा धेरै प्रदेश नं ५ मा १० जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४ जनाको मृत्यु भएको छ । नेपालमा बितेको २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने २ सय १३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कुन प्रदेशमा कति छन् मृतक ?

प्रदेश नं १ मा शुन्य

प्रदेश नं २ मा ५ जना

बाग्मती प्रदेशमा ९ जना

गण्डकी प्रदेशमा ५ जना

प्रदेश नं ५ मा १० जना

कर्णाली प्रदेशमा ४ जना

सुदूरपश्चिम प्रदेशमा ६ जना

कुन प्रदेशमा कति छन् कोरोना संक्रमित ?
नेपालमा हाल ६ हजार ५६ जना संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयको विवरण अनुसार सबैभन्दा बढी संक्रमित सुदूरपश्चिम प्रदेशमा रहेका छन् । जहाँ २ हजार ३ सय ८४ जना संक्रमित उपचाररत छन् । त्यस्तै सबैभन्दा कम प्रदेश नं १ मा रहेका छन् । जहाँ ६७ जना संक्रमित रहेका छन् ।

प्रदेश नं १ मा  : ६७ जना

प्रदेश नं २ मा : १ हजार ९ सय १५ जना

बाग्मती प्रदेशमा  : ४ सय २८ जना

गण्डकी प्रदेशमा :  ३ सय ८५ जना

प्रदेश नं ५ मा  : ५ सय ५८ जना

कर्णाली प्रदेशमा : ३ सय १९ जना

सुदूरपश्चिम प्रदेशमा : २ हजार ३ सय ८४ जना

कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको प्रादेशीक विवरण  : 
नेपालमा थप २१३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ११ हजार २ सय ४९ रहेको छ । आज थप २ सय १३ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज छन् । नेपालमा कुल संक्रमित मध्ये ६४.८५ प्रतिशत संक्रमित कोरोना मुक्त भएका छन् ।

कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएकाको प्रादेशीक विवरण : 

प्रदेश नं १ : ७४४
प्रदेश नं २ :  २५३८
वाग्मती प्रदेश :  ४०६
गण्डकी प्रदेश :  ९३५
प्रदेश नं ५ : ३५३७
कर्णाली प्रदेश :  १४७९
सुदूरपश्चिम प्रदेश : १६१०

यी हुन् ५०० भन्दा बढी संक्रमित भएका ५ जिल्ला

महोत्तरी
रौतहट
बाजुरा
कैलाली
पाल्पा

यी ५ जिल्लामा छैनन् कोरोना संक्रमित
भोजपुर
मुस्ताङ
हुम्ला
मनाङ
संखुवासभा

घट्दै क्वारेन्टाइनमा बस्नेको संख्या, यस्तो छ प्रादेशीक विवरण 

नेपालमा हाल २३ हजार ५ सय जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो समय क्वारेन्टाइनमा बस्नेको संख्या घटिरहेको छ । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै मानिस क्वारेन्टाइनमा रहेका छन् । जहाँ ६ हजार ३ सय १२ जना रहेका छन् । भने सबैभन्दा कम बाग्मती प्रदेशमा रहेका छन् । जहाँ १ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन् ।

कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?

प्रदेश नं १ मा २ हजार ९ सय १४ जना

प्रदेश नं २ मा २ हजार ६ सय ७३ जना

बाग्मती प्रदेशमा १ हजार ७ सय ६५ जना

गण्डकी प्रदेशमा ३ हजार ८ सय ३७ जना

प्रदेश नं ५ मा ४ हजार २ सय २८ जना

कर्णाली प्रदेशमा १ हजार ७ सय ७१ जना

सुदूरपश्चिम प्रदेशमा ६ हजार ३ सय १२ जना 

तीन हजारको स्वाब परीक्षण गर्दा जम्मा तीन जनामा संक्रमण भेटियो : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण दर कम हुँदै गएको बताएको छ । मन्त्रालयले संक्रमण दर कम भएकाले नै परीक्षण पनि कम भएको स्पष्ट पारेको छ ।

बिहीवारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा दैनिक १० हजार बढी नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको बताए । हाल देशका विभिन्न २७ प्रयोगशालाबाट पीसीआर जाँच हुँदै आएको छ ।

गौतमले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ३ हजार जनाको नमुना संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको बताए ।

यसले संक्रमण दर कम हुँदै गएको पुष्टि हुने बताए । तर संक्रमित कम भएपनि जोखिम भने कम नभएको उनले बताए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९८१ जनाको नमुना परीक्षण भएको छ ।

काठमाडौंमा थपिए १ जना संक्रमित
बितेको २४ घण्टामा गरिएको ४ हजार ९ सय ८१ वटा नमूनाको पिसिआर जाँचमा क्रममा काठमाडौंका थप १ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हिजो काठमाडौंमा ७ जनामा संक्रमण पुष्टि भएको थियो ।काठमाडौंमा १ सहित देशभर बितेको २४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।

हाल नेपालमा विभिन्न स्थानमा २३ हजार ५०० जना क्वारेन्टाईनमा छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २१३ जना संक्रमणमुक्त भएसँगै कुल निको हुनेको संख्या ११ हजार २४९ पुगेको छ । यसैले नेपालमा हाल जम्मा ६ हजार ५६ जना ‘एक्टिभ केस’ अर्थात् उपचाररत छन् ।पछिल्लो २ सातादेखि देशभरको कोरोना संक्रमितको संख्या ओरालो लागेको छ । तर काठमाडौं उपत्यकाका तीन जिल्ला ९काठमाडौं, भक्तपुर र ललितपुर० मा संक्रमित थपिईरहेका छन् । तर बितेको ४८ घण्टामा भक्तपुर र ललितपुरमा संक्रमित थपिएका छैनन् ।

कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन

रौतहटमा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गरिएको छ ।

कोरोनाको कारण हिजो बुधबार दिउँसो २ स् ३० बजे नारायणी अस्पतालमा आईशोलेसनमा उपचाररत भएकै अवस्थामा मृत्यु भएका उनको शब मापदण्ड पूरा गरी सम्पूर्ण सुरक्षा सामाग्री लगाई व्यवस्थापन गरिएको हो ।

नेपाली सेनाको इन्द्रबक्स गण पुरेनवाले उनको शव राष्ट्रिय धुन र सलामीसहित व्यवस्थापन गरेको हो ।

नेपालमा कोरोनाबाट संक्रमण भई नेपालमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ।

यो पनि पढ्नुहोस्  :
कोरोना भाइरसलाई लिएर भयो नयाँ खुलासा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?