कोरोना भाइरसलाई लिएर भयो नयाँ खुलासा !

काठमाडौं । कोरोना भाइरसको कहर लगातार जारी रहेको छ । कोरोनाविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिए पनि अहिलेसम्म पूर्ण सफलता भने हात पार्न सकेका छैनन् ।

यसैबीच भर्खरै मात्र प्रकाशित एक शोधले कोरोना संक्रमितहरु सबैलाई नराम्रो असर छोड्ने गरेको कुरा पत्ता लगाएका छन् ।

संत्रमितको हृदयमा ठूलो चोट पुर्याउँछ

कोरोना भाइरसले विशेष गरेर श्वास फेर्न गाह्रो बनाउने गर्दछ । साथै फोक्सोमा पनि यसले गम्भीर असर पुर्याउँछ ।

अब भने वैज्ञानिकले गरेको नयाँ शोधबाट यसले दिमाग, नसा, किड्नी र छाला तथा विशेष गरेर दिमा पनि चोट पुर्याउने गरेको पत्ता लागेको छ । हृदयरोगी नभए पनि यो भाइरसले हृदयमा ठूलो चोट पुर्याउने शोधबाट पत्ता लागेको छ ।

ब्रिटिश हार्ट फाउण्डेशनले गरेको थियो अध्ययन

यो अध्ययन ब्रिटिश हार्ट फाउण्डेशनले ६९ देशका १ हजार २६१ जना संक्रमितमा अभ्ययन गरेको थियो। अध्ययनमा यो अचम्मको रहस्य पत्ता लागेको हो ।

त्यसमध्ये ९०१ जना मानिस हृदय रोग सम्बन्धी समस्या नभएका मानिस थिए भने बाँकी हृदय रोग सम्बन्धी समस्या भएका मानिस सहभागि थिए । समस्या नहुनेहरुलाई संक्रमित भएपछि धेरै असर पुगेको शोधबाट पत्ता लागेको छ ।

१,२६१ संक्रमितमा ५५ प्रतिशतलाई भयो यो समस्या

ति मध्ये ४६ प्रतिशतको हृदय रिपोर्ट असामान्य आएको थियो । तर १३ प्रतिशतको हृदय सम्बन्धी रिपोर्टमा गम्भीर अवस्था थियो ।

शोधमा सहभागी १२६१ संक्रमितमा ५५ प्रतिशतमा हृदयद्वारा रगत पम्प गर्नमा समस्या भएको थियो । त्यस्तै सात मध्ये एक व्यक्तिको हृदयले काम गर्ने क्षमता प्रभावित भएको थियो ।

बीएचएफका मेडिकल डाइरेक्टर र कार्डियोलोजिस्ट डा. सोन्या बाबू नारायणका अनुसार संक्रमितलाई यसले हृदय सम्बन्धी पीडित बनाउने गरेको पाइएको छ ।

३ प्रतिशतलाई आयो हार्टअट्याक

यूरोपियन हार्ट जर्नलमा कार्डियो भास्कुलर इमेजिंग शीर्षकमा प्काशित रिपोर्टमा हृदयको दायाँ र बायाँ च्याम्बरमा समस्या देखिएको छ ।

संक्रमितको स्क्यानिङ रिपोर्ट हेर्दा तीन प्रतिशत संक्रमितमा हृदयघातको समस्या भएको बताइएको छ ।

भाइरसका कारण हृदय प्रभावित भयो

शोधमा संक्रमितको स्क्यानिङ गर्दा हृदय सम्बन्धी समस्या देखिएको शोधबाट पत्ता लागेको छ । जसका कारण उपचारको तरिका नै बदलिएको छ ।

यस्तो संक्रमितको हृदयघातमा दिइने औषधिको साथै फ्लूडमा पनि नियन्त्रण गरिएको थियो । जसबाट उनीहरुको हृदय सामान्य तरिकाले काम गर्न थालेको थियो ।

वैज्ञानिकहरुले स्पष्ट भनेका छन् कि,बिना परीक्षण रिपोर्टको अनुमान लगाउन नसकिने र भाइरसका कारण संक्रमितको हृदय प्रभावित भएको बताइएको छ ।

केहि अंगहरुलाई पनि प्रभावित बनाउँछ

प्रमुख शोधकर्ता प्रो. मार्क ड्वेकका अनुसार कोरोना भाइरसबाट मात्र फोक्सोमा असर नपुगेर अन्य अंग हृदय पनि प्रभावित हुन्छ ।

यो शोधबाट हृदयले काम गर्ने क्षमता नष्ट हुँदै गएको पत्ता लागेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?