काठमाडौंमा थपिए ७ जना संक्रमित, कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु

काठमाडौं – बितेको २४ घण्टामा भएका ५ हजार ९० वटा पीसिआर परिक्षणमा काठमाडौंका ७ वटा नमुनाको रिपोर्ट पोजेटिभ आएको छ ।

राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाडौं टेकुमा गरिएको परिक्षणमा ४ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा २ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा १ जना गरी बितेको २४ घण्टामा काठमाडौंमा मात्रै ७ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंका ७ जनासहित बितेको २४ घण्टामा देशभर जम्मा ११६ जना संक्रमित थपिएका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ भने सबैजना चिकित्सकको निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ जना पुगेको छ ।

बितेको २४ घण्टामा नेपालमा थप एकजनाको मृत्यु भएको छ । रौतहटका ३६ वर्षिय पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

बाग्मती प्रदेशमा बितेको २४ घण्टामा १८ जना संक्रमित थपिएका छन् ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा २४ हजार ५ सय २७ जना रहेका छन् ।

देशका विभिन्न अस्पतालमा ६ हजार १ सय १३ जना उपचाररत छन् ।

त्यस्तै बितेको २४ घण्टामा थप ६ सय ९७ जना संक्रमणमुक्त भएसँगै हालसम्म ११ हजार २५ जना निको भएका छन् । यो कुल संक्रमितको ६४. २ प्रतिशत हो ।

हालसम्म नेपालमा पीसिआर विधीबाट २ लाख ९८ हजार ८२९ वटा नमूना जाँच भएको छ ।

देशभर संक्रमितको संख्या घटिरहेको अवस्थामा काठमाडौं उपत्यकामा भने संक्रमित बढीरहेका छन् । बितेको २४ घण्टामा ललितपुर र भक्तपुरमा संक्रमित थपिएका छैनन् ।

यो पनि पढ्नुहोस् :

यी आनीबानी आजैबाट हटाउनुहोस्, टर्न सक्छ नोक्सानी !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?