बोतलमा पेट्रोल माग्दा नदिएपछि यी व्यक्तिले छोडिदिए तीन सर्प

काठमाडौं । पेट्रोल पम्पमा बोतलमा पेट्रोल दिन पाइदैन । तर कोहि भने त्यसमा जिद्दी बन्दै बोतलमा पेट्रोल माग्न आउने गर्दछन् ।

यस्तै एउटा घटना भारतको महाराष्ट्रमा यस्तै एउटा घटना भएको छ । भारतको महाराष्ट्रस्थित बुलढाणामा एक व्यक्तिले बोतलमा पेट्रोल मागे ।

पेट्रोल पम्पमा रहेका कर्मचारीहरुले नदिएपछि उनले रिसाएर कुरा गर्न थाले । उक्त व्यक्तिले पेट्रोल नदिएको बदला लिनका लागि पेट्रोल पम्प नजिकै तीन वटा सर्प ल्याएर छोडिदिए ।

उक्त सबै घटना सिसिटिभीमा कैद भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उक्त व्यक्तिले दुई कोब्रा र एक धामन जातीको सर्प ल्याएर छोडेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?