यस्तो टापु जहाँ गए मुत्यु निश्चित छ !

आजभोलिका मान्छेहरुमा बिजुली, इन्टरनेट, मोबाइल बिना कसरी बस्छन् भन्ने भइसकेका छन् । किनकी ती चिजहरु सबैको पहुँचमा पुगिसकेका छन् । संसारले दिनदिनै नयाँ नयाँ आबिस्कार पनि गरिरहेको छ ।

तर संसारमा यस्ता ठाउँ पनि छन् जहाँ न बिजुली, न इन्टरनेट, न मोबाइल प्रयोग हुन्छ । त्यहाँका बासिन्दालाई ती सब चिजहरु के हो भन्ने नै थाहा छैन । उक्त स्थानमा नयाँ मान्छेहरु जो पुग्दछ उनीहरुमाथि आक्रमण हुन्छ । त्यसरी आक्रमण गर्नेहरु हिन्दमहासागरको उत्तरी भेगमा रहेको टापुमा बसोबास गर्ने आदिवासी भएको खुलेको छ ।

डेलीमेलका अनुसार करिब ६० हजार बर्ष पहिलेदेखि ति आदिबासीहरु उक्त टापुमा बसोबास गर्दै आएका हुन् । उनीहरु टापुभन्दा बाहिरका कोहीसँग पनि सम्पर्कमा रहेका छैनन् । त्यसैले बाहिरका जोसँग भेट हुन्छ उनीहरुमाथि आक्रमण हुने गरेको छ । कतिसम्म भने टापु माथिबाट उड्ने हेलिकप्टर र हवाईजहाजहरुलाई समेत तीरमा आगो लगाएर प्रहार गर्ने गर्दछन् । यी आदिबासीहरुको बारेमा युट्युबमा छोटो डकुमेन्ट्री पाइन्छ । जसमा उनीहरुको बिषयमा केही जनाकारी पाइन्छ ।

उक्त भिडियोमा क्यामराम्यानलाई देखेपछि उनीहरुले आक्रमण गरेको देख्न सकिन्छ । सन् २००४ मा भूकम्प र सुनामी आएपछि भारत सरकारले उक्त टापुको खबर बुझ्न सेनाको एउटा हेलिकप्टर पठाएको थियो ।

उक्त हेलिकप्टरमाथि उनीहरुले हमला गरेका थिए । प्राप्त फोटोहरुका आधारमा त्यहाँ घना जंगलमात्र भएकोले त्यहाँका मानिसहरु खेतीपाती गर्दैनन् । त्यसैले उनीहरु शिकारी जीवन बाँचिरहेका छन् । जंगलमा पाइने नरिवल र समुद्रामा पाइने सी फुड उनीहरुको खानाको अर्को मूख्य स्रोत रहेको अनुमान गरिएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?