संसारकै महंगो आँपको स्वाद चाख्न मात्रै तीन लाख रुपैयाँ

काठमाडौं । अहिले आँपको सिजन रहेको छ । हामी यसबेला विभिन्न स्वादका आँपहरु चाख्ने गर्दछौँ । तर विश्वको सबैभन्दा महंगो आँपको स्वाद चाख्न ३ लाख भन्दा धेरै खचै गर्नुपर्छ भन्दा तपाईलाई अचम्म लाग्ला ।

यो सबैभन्दा महंगो आँप जापानको रहेको छ । जापानको मियाजाकी प्रान्तमा यो आँप फल्ने गर्दछ । यो आँप हरेक वर्ष पहिलोपटक फल्दा लिलाम हुने गर्दछ ।

यो आँप चाख्न मात्रै पनि मानिसहरुको पसिना आउँछ । किनभने यो आँप धेरै नै महंगो रहेको छ । ताईयो नो तामागो नामको यो आँप धेरै नै महंगो छ ।

सन् २०१७ मा यो आँप पहिलोपटक २ वटाको ३६०० डलरमा लिलाम भएको थियो । जसमा आँपको तौल ३५० ग्राम थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?