विश्वमै पहिलो कोरोना भाइरसविरुद्धको ‘भ्याक्सीन’ तयार, कहिले आउँछ बजारमा ?

काठमाडौं । सारा विश्वमा तीव्र गतिले फैलिरहेको कोरोना भाइरसको प्रकोपका बीच सबैलाई अचम्मित बनाउँदै रुसको गमलेई इन्स्टीट्यूट अफ एमिडेमियोलोजी एण्ड माइक्रोबायोलोजीले कोरोनाविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेको छ ।

उक्त खबरले सारा विश्वबासीलाई राहत मिलेको छ । उक्त भ्याक्सीनको सबै ट्रायल परीक्षण सफल भएको छ । इन्स्ट्यूट फर ट्रान्सलेशनल मेडिसिन एण्ड बायोटेक्नोलोजीका डाइरेक्टर भदिम तरासोभले यो कुराको पुष्टि गरेका हुन् ।

रिपोर्टका अनुसार रुसको सेचेनोभ मेडिकल यूनिभर्सिटीद्वारा यो भ्याक्सीनको ट्रायल गरिएको हो । १८ जुनमा पहिलो चरणमा १८ भ्यालेन्टियर्सको समूहमा यसको ट्रायल भएको थियो । त्यसपछि २३ जूनमा भ्याक्सीन टेस्टको दोश्रो चरण शुर भएको थियो । दोश्रो चरणमा २० जनाको समूहमा भ्याक्सीनेट गरिएको थियो ।

अमेरिका, बेलायत र चीनलाई पछार्यो

चीन, अमेरिका र बेलायतलाई पनि पछि पार्दै रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाएको छ । स्पुटनिकका अनुसार रुसको गमलेई इन्स्टीट्यूट अफ एमिडेमियोलोजीले यस भ्इाक्सीन तयार पारेको हो ।

यो औषधि मानव शरीरमा गरिएको सबै ट्रायलमा सफल भएको दाबी गरिएको छ । रिसर्चरका अनुसार सबै स्टेजमा भ्याक्सीनको ट्रायल सफल भएको छ ।

सानो समूहमा हुन्छ परीक्षण

विशेषज्ञका अनुसार कुनै पनि भ्याक्सीनको पहिलो चरणमा मानिसमा सानो समूहमा त्यसको सेफ्टीको परीक्षण गरिन्छ । यो फरक फरक समयमा फरक फरक समूहमा हुन्छ । तर यो औषधि सबै रुपमा सफल छ ।

यसको पुष्टिका लागि कहिले १० देखि १५ वर्षसम्म पनि लाग्न सक्छ । त्यसैले औषधिको ट्रायल वर्षौंसम्म पनि हुन सक्दछ । अमेरिकाको हेल्थ एण्ड ह्यूमन सर्भिस डिपार्टमेण्टका अनुसार मानिसमा यो औषधि परीक्षणका लागि पहिलो चरणमा २० देखि ८० जना मानिसमा भ्याक्सीन टेस्ट गरिन्छ ।

पहिलो चरण सफल भयो

रिपोर्टका अनुसार यो औषधिको नाम ‘Gam-COVID-Vac Lyo’ रहेको छ । रुसले दाबी गरेको छ कि, उसको पहिलो चरण पूर्ण रुपमा सफल भएको छ । रुसका स्वास्थ्य मन्त्रीका अनुसार देशमा कोरोना भाइरसका १७ भ्याक्सीनमाथि काम भईरहेको छ ।

कहिले पाइन्छ भ्याक्सीन ?

यूनिभर्सिटीको इन्स्टिट्यूट अफ मेडिकल प्यारासाइटोलोजीका डाइरेक्टर अलेक्जेन्डर लुकाशेवका अनुसार भ्याक्सीन डेभलपमेण्टको प्लान शुरु भएको छ ।

रेगुलेटरी अप्रुभल पछि औषधिको प्रोडक्शन शुरु हुनेछ । सबै सफल भयो भने दुई देखि तीन महिनामा भ्याक्सीनको प्रोडक्शन शुरु हुन सक्छ । तर रुसी ट्रायलमा केहि प्रकारका प्रश्न उठेका छन् ।

जसलाई निालेर यसको अप्रुभलमा ढिलाई हुन स्क्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

विश्वमै सबैभन्दा पहिला कोरोनाविरुद्धको ‘भ्याक्सीन’ बनाउने रुस पहिलो देश, सबै परीक्षण सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?