काठमाडौं । नेपालमा थप १७०५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १० हजार २ सय ९४ रहेका छन् ।
आज थप १७०५ जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
बितेको २४ घण्टामा १४४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको कुल संख्या १६ हजार ९४५ पुग्यो
नेपालमा आज (सोमवार) थप १४४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ९४५ पुगेको छ ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ७०५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ ।
नेपालमा हिजो (आईतवार) ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
विश्वमै सबैभन्दा पहिला कोरोनाविरुद्धको ‘भ्याक्सीन’ बनाउने रुस पहिलो देश, सबै परीक्षण सफल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया