‘मास्क’ लगाउन थाले ट्रम्प परिवारले, फोटो बन्यो भाइरल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसको महामारीलाई लिएर त्यति मतलव राख्दैन थिए ।

उनले कोरोनाको संक्रमण बितेका केहि महिना यता सामान्य रुपमा लिँदै आएका थिए । उनले केहि सार्वजनिक ठाउँमा भएको कार्यक्रममा समेत बिना मास्क जाने गर्दथे । तर अहिले केहि दिन यता ट्रम्प परिवारमा परिवर्तन आएको छ ।

राष्ट्रपति ट्रम्प सहित उनको परिवार अहिले मास्क लगाएर हिँड्न थालेको छ । उनी शनिवार एक अस्पतालमा जाँदा मास्क लगाएर गएका देखिएको थियो । त्यस्तै उनकी श्रीमति मेलानिया ट्रम्प पनि मास्क लगाउन थालेकी छन् ।

उनले ट्वीटरमा शेयर गरेको एक भिडियोमा उनी मास्क लगाएको देखिएको छ ।

उनले उक्त भिडियोमा एलिजावेथ हाउसको यात्रा विभिन्न ठाउँमा पुगेर सहयोग गरिएको देखाइएको छ ।

मास्क लगाउन नपर्ने बताउँदै आएका ट्रम्प परिवार अमेरिकामा लाखौँको मृत्यु भएपछि भने मास्क लगाउन थालेका छन् ।

अहिले उनको फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

अमेरिकामा कोरोना भाइरसको कारण अहिलेसम्म १ञ्लाख ३७ हजार ७८२ जनाको मृत्यु भईसकेको छ भने ३४ लाख १३ हजार ९९५ जनालाई संक्रमण भएको छ । त्यस्तै १५ लाख १७ हजार ८४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १५ हजार ८२२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

विश्वमै सबैभन्दा पहिला कोरोनाविरुद्धको ‘भ्याक्सीन’ बनाउने रुस पहिलो देश, सबै परीक्षण सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?