बाँदरले लुट्यो लाखौँ रुपैयाँ, सबै हेरेको हेर्यै !

काठमाडौं । पैसा बाँदरले लुटे भन्दा तपाईलाई अनौठो लाग्न सक्छ । तर यो कुरा सत्य हो । भारतको उत्तर प्रदेशमा बाँदरले एक व्यक्तिबाट ३ लाख २० हजार रुपैयाँले भरिएको झोला लुटेको छ ।

पल्लिो समय यो समाचार विभिन्न अनलाइन र सामाजिक सन्जालमा निकै चर्चित बनिरहेकोविजय बन्सल नाम गरेका व्यक्तिको उक्त रकम बाँदरले लुटेपछि सामाजिक सञ्जालमा यसको चर्चा धेरै नै चलेको छ ।

बाँदरले हमला गरेरर लाखौँ रुपैयाँ लुटेपछि प्रहरीलाई खबर गरिएको थियो । खबरअनुसार ती व्यक्ति बैंकबाट पैसाको झोला बोकेर बाहिर निस्किनासाथ बाँदरले हमला गरेको थियो ।

भारतीय मिडियाका अनुसार बिहान करिब १० बजेर ३० मिनेटमा इन्डियन ओभरसिस बैंकमा विजय बन्सल पैसा झिक्न पुगेका थिए । त्यसैबला उनी बाँदरको आक्रमणको निशानामा परे । बाँदरको झुन्डले नै उनलाई आक्रमण गरेको थियो । ‘म १ लाख जोगाउन सफल भएँ । तर, बाँकी रुपैयाँ खोस्न सकिएन,’ उनले घटनापछि प्रहरीसँग भने ।

हाल प्रहरीले पैसा लुट्ने बाँदरको पहिचान गर्न र नगद फेला गन कोसिस गरिरहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?