विश्व सुन्दरी ऐश्वर्या राय बच्चन र छोरी आराध्यालाई कोरोना संक्रमण

काठमाडौं । बलिउड महानायक अभिताभ बच्चन र नायक अभिषेक बच्चन पछि विश्व सुन्दरी ऐश्वर्या राय बच्चनको कोरोना टेस्ट रिपोर्ट पोजेटिभ आएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ऐश्वर्या र उनकी छोरी आराध्यालाई पनि कोरोना संक्रमण भएको हो ।

शनिवार राती मात्र बलिउड महानायक अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना टेस्ट रिपोर्ट पोजेटिभ आएको थियो ।

उनीहरु दुबैजना मुम्बईको नानावटी अस्पतालमा उपचाररत छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले बताएको छ ।

यस अगाडि समाचारमा जनाईएअनुसार परिवारका दुई सदस्यमा कोरोना देखिएपछि परिवारको जाँच गरिएकोमा एन्टीबडी जीनको जाँचमा रिपोर्ट नेगेटिभ आएको थियो।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?