ऐश्वर्या राय बच्चनको कोरोना रिपोर्ट आयो

काठमाडौं – बलिउड अभिनेत्री तथा १९९४ कि विश्वसुन्दरी ऐश्वर्या राय बच्चन र जया बच्चनको कोरोना भाइरस ‘कोभिड – १९’ को परिक्षण रिपोर्ट नेगेटिभ आएको छ।

समाचारमा जनाईएअनुसार परिवारका दुई सदस्यमा कोरोना देखिएपछि परिवारको जाँच गरिएकोमा एन्टीबडी जीनको जाँचमा रिपोर्ट नेगेटिभ आएको र स्वाबको रिपोर्टको पर्खाईमा रहेको जनाईएको छ ।

बलिउड महानायक अमिताभ बच्चन र छोरा अभिषेक बच्चनलाई हिजो शनिबार कोरोना संक्रमण देखिएपछि ऐश्वर्या र जयासहित परिवारका सबै सदस्य तथा कर्मचारीको कोरोना परीक्षण गरिएको थियो। भारतीय सञ्चारमाध्यमले दिएको खबरअनुसार उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना संक्रमण पुष्टि भएसँगै अमिताभ बच्चनलाई भारतको नानावती अस्पतालमा भर्ना गरिएको छ । उनका छोरा अभिषेकलाई अस्पताल भर्ना गरेर आइसोलेसनमा राखिएको छ।

७७ वर्षीय बच्चनले आफूलाई कोरोना पोजेटिभ देखिएको ट्वीट मार्फत जानकारी दिएका थिए । उनले ट्वीट मार्फत जानकारी दिँदै भनेका छन्, ‘मलाई कोरोना पोजिटिभ देखिएको छ । म अस्पतालमा भर्ना भैसकेको छु । मेरो परिवार र स्टाफको पनि कोरोना परिक्षण भएको छ तर रिपोर्ट आएको छैन । पछिल्लो १० दिनदेखि मेरो सम्पर्कमा आउने सबैलाई म कोरोना परिक्षणका लागि अनुरोध गर्दछु ।’

ट्वीटमार्फत उनले पारिवारको सदस्य र अन्य स्टाफहरुको परीक्षण प्रक्रिया अघि बढिसकेको र नतिजा पर्खाइमा रहेको पनि जनाएका छन्।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

ऐश्वर्या र जयाबाहेक परिवारका अन्य सदस्यको कोरोना  रिपोर्ट आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?