संसारकै एक मात्र स्थान, जहाँ नीलो रङको ज्वालामुखी निस्किन्छ !

काठमाडौं । रातो रङको ज्वालामुखी फाटेको त हमी सबैले देखेका नै छौँ होला । संसारमा एक ठाउँ मात्र त्यस्तो छ जहाँ नीलो रङको ज्वालामुखी निस्किन्छ ।

इण्डोनेशियाको बनयुवांगीस्थित कावा ईजन ज्वालामुखी आफैँमा एउटा अनौठो किसिमको रहेको छ ।

त्यहाँको ज्वालामुखी इलेक्ट्रिक ब्लू रङको लावा निकाल्छ । यो हेर्दा धेरै राम्रो देखिन्छ ।

यो ज्वालामुखीलाई केहि सालदेखि डक्युमेन्ट गर्ने पेरिसका फोटोग्रफर ओलिभर ग्रुनेवाल्डले यसको तस्वीर लिएका हुन् ।

उनका अनुसार यो लावाबाट कुनै खतरा छैन । किनभने यो लावा वास्तवमा नीलो रङको नभएको उनी बताउँछन् ।

यो ज्वालामुखी फाट्दा सल्फ्यूरिक एसिड बाहिर निस्किएको र अक्सिजनको सम्पर्कमा आउँदा ज्वाला नीलो रङको भएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?