आँपको रुखबाट अचानक धुवाँ निस्किएपछि…

काठमाडौं । भारतको पञ्जावमा एक अनौठो घटना भएको छ ।

पञ्जावस्थित पठानकोटको एक ऐतिहाँसिक मन्दिर नजिकै रहेको एक आँपको रुखबाट अचानक धुवाँ निस्किएपछि सबै त्रसित बनेका छन् ।

कसरी धुवाँ निस्कियो भन्ने बारेमा भने अहिलेसम्म कुनै प्रमाण प्राप्त भएको छैन । यो दृश्यलाई भगवान शिवको चमत्कार भन्दै मानिसहरु दर्शन गर्न पुगेका छन् ।

साथै कतिले भने मन्दिरको चमत्कार बताइरहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

पठानकोटको हल्का भोया गाउँमा रहेको एक शिव मन्दिर नजिकै यो घटना बिहीवार भएको थियो । वन अधिकारीहरुले त्यहाँको माटो परीक्षण गर्न थालेको बताइएको छ । त्यहाँ दर्शन गर्नाले मात्रै पनि मनोकांक्षा पुरा हुने विश्वास रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?