जहाँ घरको ढोकामा हुन्छ धान, गहूँ र तरकारी खेती !

काठमाडौं । हामीले घरको छतमा तरकारी, फलफूलहरु लगाएको त खबर सुनेका नै छौँ । तर कहिल्यै तपाईले घरको छतमा धान, गहुँ र तरकारी खेती गरेको खबर सुन्नु भएको छ ? यदि सुन्नु भएको छैन भने आज हामी तपाईलाई त्यसको बारेमा जानकारुी दिनेछौँ ।

इजरायलमा एक नयाँ प्रयोग मार्फत विभिन्न तरकारी र धान, गहुँको खेती गरिन्छ । यजरायलको एक कम्पनीले यसको शुरुवात गरेको हो ।

जसको नाम ग्रीनवाल रहेको छ । ग्रीनवालका संस्थापक पायोनिर गाइ बारसेनले यस वर्टिकल गार्डेनको नाम दिएका छन् ।

ढोकामै विभिन्न प्रकारका तरकारी, धान तथा गहूँको खेती गर्न सकिन्छ । ढोकाको दुबै तिर गार्डेन बनाएर खेती गर्न सकिने कम्पनीले बताएको छ ।

सन् २००९ मा बनेको कम्पनीको यो टेक्निक अब विश्वमा नै लोकप्रिय बन्दै गएको छ ।

इजरायलमा जमीन अभावका कारण यस्तो गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?