बाढीले पुर्याएको क्षति अवलोकन गर्दै के भने प्रचण्डले ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान गृह जिल्ला चितवन पुगेका छन्।

उनी भीषण वर्षाका कारण चितवनमा पुगेको क्षतिको बारेमा निरिक्षण गर्न त्यहाँ पुगेका हुन् ।

भरतपुर महानगरपालिका २७ र २८ को सिमाना निउरेमा नारायणी नदीले कटान गरेको क्षेत्रको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले तटबन्धनको काम प्रभावकारी तरिकाले गर्न निर्देशन दिएका छन् ।

उक्त क्षेत्रमा नदीले ४ मिटर कटान गरिसकेको छ भने तटबन्ध निर्माणको कार्य पनि भइरहेको छ । तटबन्ध निर्माणमा खटिरहेका नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीय युवाहरुको प्रशंसा गर्दै प्रचण्डले उनीहरु सबैलाई धन्यवाद दिएका छन् ।

अवलोकनमा प्रदेश सांसदहरु कृष्ण भुर्तेल र विजय सुवेदी, भरतपुर महानगर प्रमुख रेनु दाहाल, वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?