नेपालमा कोरोना अपडेटः थप ३ जनाको मृत्यु, कुन जिल्लामा कति थपिए संक्रमित ? (विवरणसहित)

काठमाडौं । नेपालमा आज (शनिवार) थप ७० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ७१९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ देशभरका विभिन्न २५ प्रयोगशालामा गरिएको परीक्षणमा ७० जनामा कोरोना पुष्टि भएको जानकारी दिए । नेपालमा बितेको २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका २ जना र सिन्धुपाल्चोकका १ जना रहेका छन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

हाल नेपालमा २४ हजार ९७ जना क्वारेन्टाइनमा रहेका छन् । बितेको २४ घण्टामा नेपालका २५ प्रयोगशालाबाट ३ हजार ६ सय ४८ जनाको कोरोना परीक्षण गरिएको छ । नेपालमा हालसम्म ८ हजार २ सय ४२ जना आइसोलेसनमा उपचाररत रहेका छन् । नेपालमा हालसम्म ५ सय ४२ जना रेड जोनमा रहेका छन् । बितेको २४ घण्टामा मात्र थप ३ जना रेड जोनमा परेको मन्त्रायलका प्रवक्ता डा गौतमले बताए ।

त्यस्तै हालसम्म ८ हजार ४ सय ४२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप ४ सय ३१ जना कोरोना मुक्त भइ घर फर्किएका हुन् ।

बितेको एक हप्तादेखि नेपालमा कोरोना संक्रमितको ग्राफ ओरालो लागिरहेको छ । उपत्यकामा भने कोरोना संक्रमितको संख्या बृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्र उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित ?

बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा गरिएको परीक्षणमा: झापाका २ जना,सिरहाका १ जना,सुनसरीका ४ जना र उदयपुरका ४ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा: मोरङका ३ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणमा: धादिङ २ जना,काठमाडौंका ३ जना र नुवाकोटका १ जना,सर्लाहीका ३ जना र सिन्धुपालचोकका ५ जना

भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा: चितवनका १ जना

किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौडा प्रयोगशालामा गरिएको परीक्षणमा: सिन्धुलीका १ जना र रौतहटका १ जना

पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परीक्षणमा: धादिङका १ जना,पर्वतका १ जना,स्याङ्जाका १ जना

प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा: बाग्लुङका ३ जना,तँनहुका ४ जन, स्याङ्जाका ३ जना र म्याग्दीका २ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा: कास्कीका २ जना

प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा: पाल्पाका १ जना

भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा: बाँकेका २ जना,बर्दियाका २ जना र दाङका २ जना

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा: दाङका ३ जना

चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा: रुकुम पश्चिमका १ जना

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा: सुर्खेतका ३ जनार सल्यानका १ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला जुम्ला गरिएको परीक्षणमा: जुम्लाका २ जना

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा धनगढीमा गरिएको परीक्षणमा: अछामका १ जना र कञ्चनपुरका ४ जना

आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा थपिएका छन् । गण्डकी प्रदेशमा १६ जनामा कोरोना पुष्टि भएको छ । भने सबैभन्दा कम प्रदेश २ र प्रदेश सुदूरपश्चिम प्रदेशमा रहेका छन् । जहाँ ५/५ जना संक्रमित थपिएका हुन् ।

नेपालमा हिजो (शुक्रवार) ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयले भन्योः कोरोनाबाट नेपालमा थप तीन जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३८ पुगेको छ ।

आज मृत्यु भएकाहरुमा काठमाडौं महानगरपालिका वडा नम्बर १० का वर्ष ६० पुरुष, त्यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का वर्ष ५४ का पुरुष र अर्का एक जना सिन्धुपाल्चोका एक पुरुष रहेका छन् ।

केएमसी स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज थप एक कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए । उनका अनुसार केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ का ५४ वर्षीय पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको र असार २६ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको उनले बताए ।
मृतक मिर्गौलाको बिरामी हुनका साथै श्वासप्रश्वासको समस्या समेत रहेको उनले बताएका छन् ।

कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन २१ गते उनको स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट नआउँदै २५ गते उनको मृत्यु भएको सन्तोष चालिसेले बताए । मृत्यु भएको भोलिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको हो ।

आज विहान नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गरिसकेको छ।

त्यस्तै सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी नगरपालिका वडा नं ५ का ४५ वर्षीय पुरुष रहेका छन् । उनी असार १ गते क्षयारोग उपचारका लागि पाटन अस्पतालमा भर्ना भएका थिए । उपचारको क्रममा उनमा असार २२ गते कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए । उपचारको क्रममा उनको असार २५ गते मृत्यु भएको हो ।

त्यस्तै अर्का काठमाडौंका एक पुरुषको पनि निधन भएको छ । काठमाडौं महानगरपालिका वडा नं १० शंखमुल घर भएका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको असार २६ गते मृत्यु भएको हो । उनको फोक्सोमा पानी जमेको र मिर्गौला रोगको उपचारका लागि असार १६ गते पाटन अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उनको असार १७ गते कोरोना पुष्टि भएको हो ।

थपिएका ७० कोरोना संक्रमित कुन प्रदेशका कति ? (विवरणसहित)

नेपालमा बितेको २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा थपिएका छन् । गण्डकी प्रदेशमा १६ जनामा कोरोना पुष्टि भएको छ । भने सबैभन्दा कम प्रदेश २ र प्रदेश सुदूरपश्चिम प्रदेशमा रहेका छन् । जहाँ ५/५ जना संक्रमित थपिएका हुन् ।

कुन प्रदेशमा कति थपिए संक्रमित ?
प्रदेश नं १ मा १३ जना

प्रदेश नं २ मा ५ जना

बाग्मती प्रदेशमा १४ जना

गण्डकी प्रदेशमा १६ जना

प्रदेश ५ मा १० जना

कर्णाली प्रदेशमा ७ जना

सुदूरपश्चिम प्रदेशमा ५ जना

यी ६ जिल्ला जहाँ ५ सय भन्दा बढी कोरोना संक्रमित छन्

नेपालमा विभिन्न ६ जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित रहेका छन् । महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा ५ सय भन्दा बढी कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यी हुन् कोरोना संक्रमणमुक्त ६ जिल्ला

नेपालका विभिन्न ६ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् । धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?