यी हुन् कोरोना संक्रमणमुक्त ६ जिल्ला

काठमाडौं । नेपालका विभिन्न ६ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् । धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा बितेको २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालाबाट ३ हजार ६ सय ४८ जनाको कोरोना परीक्षण गरिएको छ । हाल नेपालमा २४ हजार ९७ जना क्वारेन्टाइनमा रहेका छन् ।

नेपालमा बितेको २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । त्यस्तै हालसम्म ८ हजार ४ सय ४२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप ४ सय ३१ जना कोरोना मुक्त भइ घर फर्किएका हुन् ।

आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा थपिएका छन् । गण्डकी प्रदेशमा १६ जनामा कोरोना पुष्टि भएको छ । भने सबैभन्दा कम प्रदेश २ र प्रदेश सुदूरपश्चिम प्रदेशमा रहेका छन् । जहाँ ५/५ जना संक्रमित थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?