कोरोना संक्रमितले अस्पतालमै वियर मगाएपछि…

काठमाडौं । कोरोना कहरका बेला भारतको हरियाणमा एक अनौठो घटना भएको छ ।

त्यहाँको कुरुक्षेत्रमा एक कोरोना संक्रमितले अस्पतालको बेडमै वियर मगाएपछि हंगामा मच्चिएको हो ।

जसका कारण अस्पतालले पुलिसलाई बोलाउनु परेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार कोभिड केयर सेन्टरमा भर्ना भएका कोरोना संक्रमितले आफ्ना नातेदारसँग सामानका साथै वियर मगाएका थिए ।

सामान चेक गर्ने क्रममा वियर भेटिएपछि खबर सार्वजनिक भएको हो । वियर भेटेपछि स्वास्थ्य टिमका स्टाफले भित्र लान निषेध भएको बताए । तर जिद्दी गरेपछि पुलिस नै बोलाउनु परेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?