काठमाडौं । ८ भारतीय प्रहरीको हत्याका मास्टर माइन्ट मोस्टवान्टेड विकास दुबेको आज कानपुर लैजाँदै गर्दा भारतीय प्रहरीको इन्काउन्टरमा परेर मृत्यु भएको छ ।
कानपुर लैजाने क्रममा बाटोमा गाडी पल्टिएपछि भारतीय पुलिसको हतियार खोसेर भाग्न लागेका दुबेलाई आत्मसमर्पण गर्न भनेपनि फायरिङ गर्न शुरु गरेपछि जवाफी कारवाहीमा दुबेको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
कानपुरको विकरु गाउँमा आठ प्रहरीको हत्याका मुख्य आरोपी दुबेको बारेमा खबर दिनेलाई ५ लाख भारतीय रुपैयाँ इनाम दिने घोषणा समेत गरिएको थियो ।
मुठभेडका क्रममा गम्भीर घाईते भएका दुबेलाई सुरक्षाकर्मीले अस्पताल लगेपनि अस्पतालले उनको मृत्यु भएको बताएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुबेलाई लिएर जाँदा त्यहाँको सडकमा पुलिसले जाम गराएर कसैलाई जान नदिएको र जाम गराएको भन्दा केहि मिटर टाढाको दूरीमा गाढी पल्टिएको र त्यहिँ इन्काउन्टरमा उनको मृत्यु भएको बताएका छन् ।
अस्पतालले मृत घोषित गरेपछि दुबेको शवको सबैभन्दा पहिला कोरोना टेस्ट हुने भएको छ ।
कोरोना टेस्ट पछि मात्र उनको शवलाई पोस्टमार्टम गरिने भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
विकास दुबेको इन्काउन्टरमाथि उत्तर प्रदेशका पूर्व सीएम र सपा अध्यक्ष अखिलेश यादवले पुलिस र यूपी सरकारको कार्यप्रणालीमाथि प्रश्न उठाएका छन् ।
उनले एक ट्वीट गर्दै यो कार पल्टेको नभएर रहस्य खुल्ने भएपछि पल्टाएको बताएका छन् । विकास दुबेकी श्रीमती रिचालाई पुलिसले कानपुर लगेको छ ।
उनलाई सोधपुछका लागि त्यहाँ लगिएको र सोधपुछमा नयाँ रहस्य पत्ता लाग्न सक्ने बताइएको छ ।
एजेन्सीको सहयोगमा
सबै सवारी रोक्दै ‘इन्काउन्टर’मा पुलिसले यसरी मारेको थियो ‘मोस्टवान्टेड’ दुबेलाई
आठ जना प्रहरीको हत्या गर्ने ‘मोस्टवान्टेड’ विकास दुबेको प्रहरी ईन्काउन्टरमा मृत्यु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया